ad ad

समाज


सल्यान बस दुर्घटना : मृतक सबैको सनाखत

सल्यान बस दुर्घटना : मृतक सबैको सनाखत

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ५:४५, काठमाडौँ

आइतबार सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलामा भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ। दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन्।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर गइरहेको रा १ ख २५५२ नम्बरको बस आइतबार दिउँसो कपुरकोट गाउँपालिका-५ थारखोलामा दुर्घटना भएको थियो।

मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका २९ वर्षका तीलक ओली र घोराही उपमहानगरपालिकाकी ६५ वर्षीया ईन्द्रा अधिकारी, बबई गाउँपालिका ६ की ६० वर्षीया कलादेवी बुढाथोकी, ६५ वर्षीया गैलीदेवी रेउले, शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया साबित्रा केसी, शारदा नगरपालिका १२ की ५३ वर्षीया प्रभा चलाउने, वडा नं २ की ६५ वर्षीया मीना डाँगी छन्।

त्यसैगरी शारदा नगरपालिका ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ वर्षीया मीना शाही, घोराही उमनपा १० की वर्ष ३६ वर्षीया रुपा केसी, त्रिवेणी गाउँपालिका ४ की बालिका सरिता बोहरा र शान्तिनगर गाउँपालिका ६ दाङका सुरज ओली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले गम्भिर घाइते भएका १८ मध्ये ८ जनालाई हेलिकप्टरबाट र १० जनालाई गाडीबाट उपचारका लागि नेपालगन्ज लगिएको जानकारी दिए। सामान्य घाइते भएका १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गति र क्षमताभन्दा बढी यात्रु चढाइएका कारण बस दुर्घटना भएको आशंका प्रहरीले जनाएको छ। बस सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो। बसमा ४० भन्दा बढी यात्रु सवार थिए। दुर्घटनापछि बसका चालक भने फरार छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .