आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा आंशिक बदलिबाहेक देशका बाँकी सबै स्थानमा यतिबेला (शुक्रबार बिहान) सामान्यतया सफा छ।
आज दिनभर र राति पनि मौसम यस्तै रहने मौसमविद्को अनुमान छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक १५ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।
कार्तिक १६ गते (शनिबार)
दिउँसो : देशको पश्चिमी र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भूभागका एक/ दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भूभागमा हिमपातको सम्भावना छ।
राति : देशका पश्चिमी र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भूभागका एक/ दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भूभागमा हिमपातको सम्भावना छ ।
कार्तिक १७ गते (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक/ दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशभर मौसम सामान्यतया सफा रहने छ। #माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया