छापा खबर


तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयान : रौतहटमा विस्फोट भएकै हो

तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयान : रौतहटमा विस्फोट भएकै हो

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ३:२,

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यालय (रौतहट)का तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०६४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकार गरेका छन्।

विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला उनीहरूले रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा त्यतिबेला बम विस्फोट भएको बताएका हुन्।

तत्कालीन आईजीपी राणा र एआईजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यसबेला रौतहट प्रहरीबाट पाएको स्वीकार गरेका हुन्। यो खबर आजको कान्तिपुरमा मातृका दाहाल (काठमाडौं) र शिव पुरी (रौतहट) मिलेर लेखेका हुन्।

बम विस्फोट भएको र इँटाभट्टामा हालेर घाइतेको हत्या गरेको प्रकरणमा आलमलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले केही दिनअघि राणा र गौतमसँग घरमै गएर बयान लिएको हो। हाल उच्च सरकारी वकिलको कार्यालय पर्सा (वीरगन्ज)का प्रमुख रहेका सहन्यायाधिवक्ता ज्ञवालीसँग बिहीबार रौतहट प्रहरीले लिखित बयान लिएको छ।

उनी बम विस्फोट हुँदा जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख थिए। प्रहरी प्रतिवेदनका आधारमा आफूले मुद्दा नचल्ने निर्णय लिएको र आफू घटनामा के–के भएको भन्नेमा जानकार नभएको ज्ञवालीले जिकिर गरेको उच्च स्रोतको भनाइ छ। प्रहरीले घटनासँग जोडिएका प्रहरी र सरकारी वकिललाई पत्र पठाएर बयानका लागि बोलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad