राजनीति


प्रधानमन्त्रीको फोक्सो र पिसावमा समस्या देखियो, अस्पतालमै राखेर उपचार गरिने

प्रधानमन्त्रीको फोक्सो र पिसावमा समस्या देखियो, अस्पतालमै राखेर उपचार गरिने

सागर न्यौपाने
कात्तिक १३, २०७६ बुधबार १२:२३,

स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको फोक्सो र पिसावमा समस्या देखिएको छ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक टोलीका एक सदस्यका अनुसार उनको फोक्सोमा पानी जमेको र पिसाव फेर्न समस्या देखिएको छ।

‘प्रधानमन्त्रीको फोक्सोमा थोरै पानी जमेको एक्सरे रिपोर्टमा देखिएको छ, पिसाव गर्न पनि केही अप्ठेरो भएपछि अस्पतालमै राखेर उपचार गराइने भएको छ’, प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक टोलीका एक जना सदस्यले भने।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएपछि स्वदेशी र विदेशी अस्पतालमा ओलीको बारम्बार स्वास्थ्य परिक्षण हुँदै आएको छ। ओलीलाई बिहान नियमित परीक्षणका लागि ग्राण्डी अस्पताल लगिएको प्रधानमन्त्रीको सचिवालयले बताएको थियो।

बुधबार साँझ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि आज डिस्चार्ज हुने सम्भावना कम रहेको बताए।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले नै ब्रिफ गर्नुहुन्छ, तर आज डिस्चार्ज हुने सम्भावना कम छ’, अर्यालले नेपालखबरसँग भने।

‘हामीले आज गरेका परीक्षणका रिपोर्टहरु अलि ढिलो आएका छन्, एक्सरे रिपोर्टमा फोक्सोमा थोरै पानी जमेको देखियो भने प्रधानमन्त्रीको पिसाव जाँच गर्दा राम्ररी पिसाव हुन सकेको छैन’, ती सदस्यले भने, ‘अस्पतालमै राखेर औषधी खुवाउँदा सजिलो हुने भएकाले तत्कालै डिस्चार्ज हुने अवस्था छैन।’

नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान ग्राण्डी अस्पतालको आइसीयुमा राखेर विभिन्न परीक्षण गराइएको थियो।

ग्राण्डी अस्पतालले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई आइसियुमा राखेर विभिन्न परीक्षण गरेपछि अपरेशन थिएटरमा लगेर नियमिति चेक जाँच गरिएको हो।

प्रधानमन्त्री ओलीलाई भदौ ५ गते सिंगापुर लगेर दुई साता अस्पतालमा राखेर प्लाज्माफेरेसिस गराइएको थियो। ओली भदौ २० गते स्वदेश फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad