अबिरल वर्षापछि महाकाली नदीको जलस्तर अहिलेसम्मकै उच्च रहेको पाइएको छ। महाकाली नदीमाथिको (बनवासा शारदा ब्यारेज) निर्माण पश्चातको तथ्यांक अनुसार मंगलवार नदीमा जलस्तर उच्च बिन्दुमा पुगेको छ।
पछिल्लो अपडेट अनुसार महाकालीमा ५ लाख ४७ हजार २ सय ३७ क्युसेक पानी पुगेको हो। जुन अहिलेसम्म कै उच्च रहेको तथ्याङ्क छ।
शारदा ब्यारेज तत्कालीन ब्रिटिस सरकारले सन् १९२९ मा निर्माण गरेको थियो। त्यसयता अहिलेसम्मकै अवधिमा महाकाली नदीमा पानीको सतह उच्च रहेको पाइएको हो।
शारदा ब्यारेजको तथ्याङ्क अनुसार सन् १९६६ मा ४ लाख ३७ हजार क्युसेक, सन् १९६९ मा ४ लाख ८० हजार ५ सय ९६, सन् १९७२ मा ४ लाख ९६ हजार एक सय, सन् २००८ मा ४ लाख ६१ हजार ७ सय ८८ र सन् २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक पानी मापन गरिएको थियो।
नदीमा बहाव उच्च भएपछि शारदा व्यरेजमा खतराको चिन्ह रातो बत्ति बालिएको छ। पुलमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ।
Shares

प्रतिक्रिया