समाज


म्यानमारमा रिहा भए सयौं कैदी

म्यानमारमा रिहा भए सयौं कैदी

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १२:५३, काठमाडौँ

म्यानमारमा गत फेब्रुअरीमा भएको सैन्य ‘कू’ विरुद्ध प्रदर्शनको क्रममा पक्राउ परेका सयौं कैदी रिहा भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार रिहा हुनेमा आङ साङ सुकीको पार्टीका प्रवक्ता र प्रसिद्ध कमेडियन पनि छन्।

यसअघि म्यानमारको सरकारी टेलिभिजनले प्रदर्शनमा सहभागी हुने ५६ सयभन्दा धेरै कैदीलाई आममाफी दिने घोषणा गरेको थियो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार म्यानमारको जेल बाहिर अहिले धेरै मानिस प्रतीक्षामा छन्। उनीहरुले म्यानमारको सेनाले प्रदर्शनमा सहभागी हुने सबैजसो रिहा हुने अपेक्षा गरेका छन्।

सैन्य ‘कू’ विरुद्धको प्रदर्शनमा सहभागी हुने बाहेक अन्य आपराधिक कार्यमा संलग्न कैदी पनि रिहा हुने उनीहरुले बताएका छन्। यसअघि दक्षिणपूर्वी एसियाली मुलुकको संगठन (आसियन) का अन्य सदस्य राष्ट्रले यसै महिना हुने वार्षिक सम्मेलनमा म्यानमारको सेना प्रमुख मिन औङ हलिङलाई नबोलाउने निर्णय गरेका थिए।  हलिङले म्यानमार हिंसा नियन्त्रणको लागि पर्याप्त कदम नचालेको उनीहरुको निष्कर्ष थियो। 

म्यानमार सन् १९९७ देखि आसियनको सदस्य रहँदै आएको छ। अहिले म्यानमारको सेनाले सैन्य ‘कू’ विरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई आममाफी दिने निर्णय गरे पनि आलोचकले भने यो मानिसको ध्यान मोड्न सेनाले चालेको चाल भएको बताएका छन्। म्यानमारको सेनाले कति मानिस प्रहरी हिरासतमा छन् र कति मानिस रिहा भएका छन् भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad