ad ad

समाज


सप्तरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एक घाइते

सप्तरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एक घाइते

शैलेन्द्र महतो
असोज ३०, २०७८ शनिबार १७:५२, काठमाडौँ

सप्तरीमा शनिबार दिउँसो दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बा. ५६ प २५१५ नम्बरको मोटरसाईकलमा सवार झापाको शिवसतासी नगरपालिका ६ बस्ने वर्ष २२ का विवेक सापकोटा र स ५ प ८४३४ नम्बरको मोटरसाइकलमा सवार झापाकै भद्रपुर नगरपालिका ४ बस्ने वर्ष २१ का दयाराम सिंह राजवंशी रहेका छन्। 

शनिबार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत  खडक नगरपालिका ४ अमहा स्थित पूर्व तर्फ जँदै गरेको बा ५६ प २५१५ र विपरीत दिशाबाट आउँदै गरेको स ५ प ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। 

यस्तै स ५ प ८४३४ नम्बरको मोटरसाइकलमा सवारमा जिल्ला महोत्तरी मटिहानी नगरपालिका ७ बस्ने ३५ वर्षीय चन्दन कुमार साह गम्भीर घाइते भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। 

घाइते साहलाई उपचारको लागि बिराटनगरतर्फ पठाईएको घटना  सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .