ad ad

समाज


अहिलेसम्म नयाँ बसपार्कबाट १७ हजारले मात्रै लिए दसैंमा घर जान अग्रिम टिकट

अहिलेसम्म नयाँ बसपार्कबाट १७ हजारले मात्रै लिए दसैंमा घर जान अग्रिम टिकट

नेपालखबर
असोज २०, २०७८ बुधबार ८:५६, काठमाडौँ

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट दसैंका लागि घर जान १७ हजार यात्रुले बसको अग्रिम टिकट बुकिङ गरेका छन्। 

गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले गोंगबुबाट अग्रिम बस टिकट लिएका थिए। तर, यस वर्ष भने अग्रिम टिकट लिने यात्रुको सङ्ख्यामा कमी आएको छ। धेरै यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन्।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताए। ‘कोरोना महामारी र बाटोको दुरवस्थाका कारण अग्रिम टिकट लिने यात्रु धेरै छैनन्,’ उनले भने। 

सरकारले यही असोज ११ गतेदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो।

१६१ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय बसपार्क गोङ्गबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्। नयाँ बसपार्कबाट हाल दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्।

काठमाडौंको नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीबाट पनि अग्रिम टिकट बुकिङ भइरहेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको सङ्ख्या न्यून रहेको बताए। ‘निरन्तर वर्षाका कारण बाटो बिग्रिँदा सवारी आवतजावतमा समस्या देखिएको छ, त्यसैले विगतका वर्षजस्तो यस वर्ष अग्रिम टिकट लिने यात्रु धेरै छैनन्,’ उनले भने।

सरकारले यात्रुलाई दसैंमा सहज रुपमा गन्तव्य स्थलसम्म लानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ। रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने अपेक्षा छ। रासस

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .