समाज


बुटवलका जनप्रतिनिधिसहित बालुवाटार पुगे विष्णु पौडेल

बुटवलका जनप्रतिनिधिसहित बालुवाटार पुगे विष्णु पौडेल

नेपालखबर
असोज १४, २०७८ बिहिबार ११:४५, काठमाडौँ

पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेल बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। 

बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरुको प्रतिनिधिमण्डलसहित पौडेल बालुवाटा पुगेका हुन्। 

पौडेलले बालुवाटार पुगेर बुटवलको ज्योतिनगर लगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। 

रूपन्देही २ का सांसद समेत रहेका पौडेलले ज्योतिनगर र लक्ष्मीनगरको पहिरो प्रभावित क्षेत्रको यसअघि नै निरीक्षण गरेका थिए। चुरे क्षेत्रबाट ठूलो पहिरो झरेकाले नियन्त्रण र थप क्षति हुनबाट जोगाउन पौडेलले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। 

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने बुटवलको ज्योतिनगरमा भदौ दोस्रो साता पहिरो झरेपछि १२ घर पूर्ण रूपमा पुरिएका थिए। ४० भन्दा बढी घर पहिरोसहितको लेदो पसेर बस्नै नमिल्ने भएका थिए।

अहिले त्यहाँका दुई सय घर पहिरोको जोखिममा छन्। २३ वर्ष अगाडि त्यही क्षेत्रमा पहिरो झर्दा ५७ घर पुरिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad