राजनीति


बालुवाटारमा सर्वदलीय बैठक, प्रतिपक्षी एमाले सहभागी भएन

बालुवाटारमा सर्वदलीय बैठक, प्रतिपक्षी एमाले सहभागी भएन

नेपालखबर
असोज १४, २०७८ बिहिबार ११:३१, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा डाकिएको सर्वदलीय बैठक बालुवाटारमा बसिरहेको छ। 

उक्त सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरिदिएको छ।

संसदमा ह्विप उलंघन गरेपछि आफूले कारबाही गरेर अवैधानिक भइसकेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सहभागी भएको भन्दै एमालेले बहिष्कार गरेको हो। 

एमालेले गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्विप उलंघन गरेका माधव नेपालसहित १४ सांसद सहभागी हुने कुनै पनि बैठकमा सहभागी नुहने रणनीति एमालेले बनाएको छ।

‘माधव नेपालसहित १४ जना सांसद अनधिकृत हुन्, तिनले गठन गरेको नेकपा एकीकृत समाजवादी अवैधानिक हो', एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, 'अदालतमा मुद्दा चलिरहेको अवस्थामा त्यस्ता सांसद र नेता सहभागी हुने सर्वदलीय बैठकमा सहभागी हुँदैनौँ। यही जवाफ प्रधानमन्त्रीलाई दिइसकेका छौं।’

प्रधानमन्त्री देउवाको आह्वानमा डाकिएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका सबै दललाई बोलाइएको थियो। जहाँ एमालेबाहेक अन्य दल उपस्थित भएका छन्। 

गत वैशाखमा आफ्नै पार्टीका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदा मत नदिएको भन्दै एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको थियो। 

उनीहरूलाई सांसद पदबाट बर्खास्त गर्न पठाइएको पत्रअनुसार सभामुख अग्नि सापकोटाले कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले रुष्ट छ। यसैको विरोधमा उसले निरन्तर संसद् अवरुद्ध गरिरहेको छ।

यही गतिरोध हटाउने विषयमा प्रधानमन्त्री देउवाले आज सर्वदलीय बैठक आयोजना गरेका हुन्। 

तर तिनै सांसदले गठन गरेको ‘अवैधानिक’ पार्टी नेकपा एकीकृत समाजवादीसमेत त्यसमा सहभागी हुने भएकाले आफू आउन नसक्ने भनेर एमालेले जानकारी गराएको हो। 

आफूले हटाइसकेका १४ सांसदलाई बर्खास्त नगरेको भनेर सभामुख सापकोटा तथा तिनै सांसदको हस्ताक्षरलाई मान्यता दिएर नेकपा एकीकृत समाजवादी दर्ता गरेको भनेर निर्वाचन आयोगविरूद्ध एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad