असमको बोडोल्यान्ड क्षेत्रमा नवगठित अतिवादी समूह युनाइटेड लिवरेसन अफ बोडोल्यान्ड (यूएलबी) का सबै कार्यकर्ताले बुधबार असम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
असमको कानुन व्यवस्था सम्हालिरहेका राज्यका विशेष प्रहरी महानिर्देशक जीपी सिंहले ट्विटरमा लेखेका छन्, ‘असमका माननीय मुख्यमन्त्रीको दिशानिर्देशपछि असम प्रहरीले नवगठित युनाइटेड लिवरेसन अफ बोडल्यान्ड (यूएलबी) का कार्यकर्ताहरूलाई घर फर्किन प्रेरित गरेको छ। हामी उनीहरू घर फर्किंदा खुसी छौं। यस दिशामा एक स्वागतयोग्य कदम– शान्तिपूर्ण, सुन्दर र समृद्ध असम।’
वास्तवमा हालै केन्द्रीय सरकार, असम सरकार र बोडो अतिवादी संगठनहरूबीच नयाँदिल्लीमा भएको शान्ति सम्झौतापछि केही युवकले भिडिओ सन्देश जारी गर्दै युनाइटेड लिबरेसन अफ बोडोल्यान्डको नामबाट नयाँ अतिवादी समूहको घोषणा गरेका थिए। यस संगठनले बोडो जनजातिका लागि सरकारसँग अलग्गै राज्यको माग गरेको थियो।
Continuing our outreach to bring home youths from path of militancy, all the cadres of newly formed group United Liberation of Bodoland (ULB) have returned home today.We welcome them to join our effort to build a beautiful and prosperous Assam @AmitShah @PMOIndia pic.twitter.com/qPjJaMq96g
Shares

प्रतिक्रिया