समाज


सेनाका अधिकृतलाई बम डिस्पोजल विशेष तालिम, १२ देशका ३१ सैन्य अधिकारी सहभागी

सेनाका अधिकृतलाई बम डिस्पोजल विशेष तालिम, १२ देशका ३१ सैन्य अधिकारी सहभागी

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ५:२३,

नेपाली सेनाले उच्च तहको बम तथा बारूदजन्य हतियार डिस्पोजल तालिम सम्पन्न गरेको छ।

नेपाली सेनाले संयुक्त राष्ट्र संघको अफिस अफ मिलिट्री अफेयरसँग संयोजक्तवमा नेपालमै ९ दिन लामो बम तथा बारूदजन्य हतियार डिस्पोजल विशेष कोर्स सञ्चालन गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तालिममा १२ वटा देशका १५ जना विदेशी र ५ जना स्वदेशी गरी जम्मा २० जना शिक्षार्थीहरु र ११ जना शिक्षक (स्वदेशी १ र विदेशी १०) सहभागी थिए।

निर्देशनालयले तालिमको उद्देश्य संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा खटिएर जाने  ईओडी युनिटका कमान्डर तथा प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्नु रहेको जनाएको छ।

असोज २९ बाट सुरू भएको तालिमको बिहीबार बलाधिकृत रथी शरद कुमार गिरीले तालिमको समापन गरेका हुन्।

समापन कार्यक्रममा बोल्दै बलाधिकृत रथीले गिरीले हालको बदलिँदो परिस्थितिमा शान्ति स्थापनार्थ कार्यमा खटिएर जानेरुका लागि केन्द्रित गरेर तालिम सञ्चालन गरेको बताए। उनले शन्ति सेना जाने ठाउँमा विद्रोहीहरुले विष्फोटक पदार्थलाई ध्वंसात्मक कार्यहरुमा प्रयोग गर्ने गरेको पाइएकोले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा थप चुनौतीको अवस्था सृजना भएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad