कारोबार


सामाजिक सुरक्षा कोषमा एक लाख श्रमिक, सूचीकृत हुने म्याद १ महिना थप

सामाजिक सुरक्षा कोषमा एक लाख श्रमिक, सूचीकृत हुने म्याद १ महिना थप

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ११:५,

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म  सामाजिक सुरक्षा कोषमा आठ हजार आठ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ जना श्रमिक आबद्ध भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सरकारले तोकेको असोज मसान्तसम्मको अवधिमा कोषमा सात करोड ६५ लाखभन्दा बढी रकम समेत संकलन भएको छ।

गत वर्ष मंसिरमा सरकारले उक्त योजना ल्याएको थियो। तर गत साउनदेखि भने औपचारिक कार्यान्वयनमा आएको हो।

मन्त्रालयका अनुसार कोषमा सूचीकृत भई योगदान आरम्भ गरिसकेको क्लोजर सिस्टम्स इन्टरनेशनल नेपाल प्रालिमा कार्यरत योगदानकर्ता सामाजिक सुरक्षा नम्बर २०७६०००३०५१ का इन्जनियर रुपेन्द्र थापा, योगदानकर्ता कैरोश क्याफे प्रालिमा कार्यरत सामाजिक सुरक्षा नम्बर २०७६०००१३७९५ का प्रकाश तामाङ मोक्तानको सडक दुर्घटनामा निधन भएपछि उनीहरूकाे परिवारका सदस्यलाइ काेषले याेजनाअन्तर्गत पाउने रकम समेत हस्तान्तरण गरेकाे छ।

उक्त व्यक्तिका आश्रित परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च २५ हजार, मासिक निवृत्तभरण क्रमशः १७ हजार १०० र १० हजार २००, आधारभूत पारिश्रमिकको ६० प्रतिशत र निजहरुले जम्मा गरेको योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको संकलित रकम तथा प्रतिफल समेत जोडेर हुन आउने रकम एकमुष्ठ प्रदान गर्ने प्रक्रिया अगाडि बढिसकेको  काेषले जनाएको छ।

त्यस्तैगरी सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ। ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सुरक्षा कोषले एक महिनाको समयावधि थप गर्ने जानकारी दिएको हो।

सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने मौका दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad