नेपाल सरकारले गृह मन्त्रलायका प्रवक्ता रहेका सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ।
मन्त्रिपरिषद्को कात्तिक ५ को बैठकले सहसचिव सुवेदीलाई पछि पदस्थापन गर्ने गरि बढुवा गरेको हो। काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहिसकेका सुवेदी निजामती प्रशासनमा ‘खरा’ अधिकारीका रुपमा चिनिन्छन्।
सरकारले गृहसचिव प्रेमकुमार राईको नियमित अवकाशपछि सुवेदीलाई गृहसचिवको जिम्मेबारी दिने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दाबी गरेको छ।

प्रतिक्रिया