समाज


झापाको दमकमा लिफ्टले थिचेर मजदूरको मृत्यु

झापाको दमकमा लिफ्टले थिचेर मजदूरको मृत्यु

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ९:३८,

लिफ्टले थिचेर झापाको दमकमा बिहीबार बिहान एक मजदूरको मृत्यु भएको छ।

दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो। बिहान ८।३० बजे सो दुर्घटनाबाट सख्त घाइते भएका मगरलाई दमकस्थित लाइफलाइन अस्पतालमा पु¥याएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

घाइतेको प्रतिष्ठानमा उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयकुमार पण्डितले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad