कारोबार


कारोबारको अन्तिम दिन सेयरबजार हरियो

कारोबारको अन्तिम दिन सेयरबजार हरियो

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ९:५१,

सेयरबजार आज ६.७३ अंकले बढेको छ। नेप्से सूचक उक्त अंकले बढेर ११४९.३४ विन्दुमा रोकिँदा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.८८ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कुल १ सय ५५ कम्पनीको कारोबार भएकामा १२ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४ हजार ४ सय ४२ पटकको सेयर खरिदबिक्रीपछि आज बजारमा ३२ करोड ७६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। ११ समूहको कारोबार भएकामा निर्जीवन बीमाको बाहेक अन्य सबै समूहको कारोबार सूचक हरियो भएको छ।

आज माछापुच्छ्रे बैंकको सबैभन्दा बढी ७ करोडको सेयर कारोबार हुँदा एनआईसी एसियाले ३ करोड ४५ लाखको कारोबार गर्दै धेरै कारोबार गर्ने दोस्रो ठूलो कम्पनी बनेको छ। त्यस्तै प्रभु बैंकले १ करोड ९६ लाखको, सिद्धार्थ बैंक लिमिटेडले १ करोड १३ लाखको, रसुवागढी हाइड्रोले १ करोड १३ लाखको, नेपाल बैंकले १ करोड ११ लाखको र मेगा बैंकले १ करोडको सेयर कारोबार गरेको छ। बाँकी कम्पनीको कारोबार १ करोड रुपैयाँ पुग्न सकेको छैन।

कमाइका हिसाबले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीका सेयरधनीले ८.३३ प्रतिशत कमाएका हुन्। त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टका सेयरधनीले ६.५८ प्रतिशत, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ६.५७ प्रतिशत, माउन्टेन हाइड्रो नेपालका सेयरधनीले ६.३३ प्रतिशत आर्जन गरेका छन्।

घाटा व्यहोर्ने सेयरधनीमा अरुण काबेलीका अग्रपंक्तिमा छन्। कम्पनीका सेयरधनीले ५.८० प्रतिशत गुमाएका छन्। त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर सेयरका सेयरधनीले ५.०९ प्रतिशत, खानीखोला हाइड्रोपावर कम्पनीका सेयरधनीले ५.०८ प्रतिशत, गुडविल फाइनान्स कम्पनीका सेयरधनीले २.८४ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad