ad ad

कारोबार


मोटरहेडले ल्यायाे नयाँ टेकन आर२५०, मूल्य ४ लाख ५ हजार, कस्ता छन् फिचर?

मोटरहेडले ल्यायाे नयाँ टेकन आर२५०, मूल्य ४ लाख ५ हजार, कस्ता छन् फिचर?

नेपालखबर
असोज १, २०७८ शुक्रबार १६:३६, काठमाडौँ

मोटरहेडको नयाँ टेकन आर २५० नेपाली बजारमा सार्वजनिक भएको छ। 

एसजी समूहको एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ‘दि अल न्यू मोटरहेड टेकन आर २५०’ काठमाडौंमा औपचारिक कार्यक्रम गरी लञ्च गरेको हो। 

एसएलआर टेक्नो एन्ड ट्रेडले नेपालमा ५ वर्षदेखि मोटरहेड ब्रान्डका मोटरसाइकल नेपालमा विक्री गर्दै आएको छ। 

मोटरहेड दुईप्रांग्रे बजारमा अफरोड र डर्ट सेगमेन्टको रुपमा परिचित रहेको छ। 

टेकन २५० बाइक नेपाली बजारमा गुडिरहेकै छ। कम्पनीले पुरानै बाइकलाई केहि मोडिफाई गरी नेपाली बजारमा ल्याएको जनाएको छ। नयाँ बाइकको मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ। 

२२३ सीसीको इन्जिन रहेको बाइक २ हजार ७० एमएम लम्बाइ, चौडाइ ९०० र उचाइ ११० एमएम रहेको कम्पनीले जनाएको छ।  

अफरोड बाइकको रुपमा परिचित टेकनमा सिंगल सिलिन्डर, ४ स्ट्रोक रहेको छ। 

बाइकका फिउल ट्यान्क १४ लिटर रहेको छ। टेकनको अधिकतम पावर ८ हजार आरपीएममा १२.५ किलोवाट, टर्क ६५ सय आरपीएममा १७ एनएम जेनेरेट गर्छ। बाइकको अधिकतम स्पिड १२० किलोमिटर प्रति घण्टा रहेको छ। 

बाइकमा म्यानुअल क्लच सहित ६ वटा गियर रहेका छन्। फिउल कन्सजम्सन प्रति १०० किलोमिटरमा २.२ लिटर रहेको कम्पनीले उल्लेख गरेको छ। 

डुअल स्पोर्टस ट्युबलेस टायर रहेको बाइकामा अगाडि ११० बाई ९० र टायर साइज १३० बाई ८० एमएम रहेको छ। बाइकमा हाइड्रोलिक डिस ब्रेक रहेको छ। 

एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिका जनरल म्यानेजर उज्वल जोशीले सिमित अवधीकोलागि ४ लाख ५ हजार मुल्य तोकिएको बताएकाछन्। उनले केहि समयपछि बाइकको मुल्य बढ्न सक्ने बताएका छन्। 

उनले टेकन दुई आकर्षक रंगमा उपलब्ध रहेको बताउँदै हरेक सडकलाई चुनौती दिने किसिमको बाइक रहेको बताए। 

‘राम्रो इन्जिन, शानदार ग्राफिक्स, स्टाइलिश हेडलाइट्स, स्लिक सेप इन्डिकेटर इनविल्ट इन्जिन लेग गार्ड, डबल डिस ब्रेक जस्ता फिचर छन्,’ जोशी भन्छन् ‘नेपालको युवाहरुले अत्यन्तै मन पराउने छन्।’

मोटरहेडको हाल प्रमुख सहरमा थ्रि एस सुविधा (बिक्री, सेवा, स्पेयर) सहित १४ वटा डिलर रहेका छन्। 

कम्पनीले भर्खरै धादिङ, मन्थली र कावाशोतीमा ३ अतिरिक्त थ्रीएस आउटलेट सञ्चालनमा ल्याएको छ। 

‘नेपाली बजारमा भारतीय मोटरसाइकलको डोमिनेन्ट रहेको छ’, जोशीले भने, ‘अहिले विस्तारै चिनियाँ ब्रान्डमा मानिसको धारणा राम्रो भैरहेको छ। कम्पनीको विक्रीपछिको सेवाले विश्वास बढाउँदै गएको छ।’

मोटरहेडले नेपालमा ७ वटा मोडलका बाइक बिक्रीवितरण गर्दै आउको छ। जसमा एमएच १५० आर, एमएच २००, टेकन २५०, एक्स टर्क, स्क्रयाम्बल २५० रहेको छ। जसको मूल्य २ लाख ९५ हजारदेखि ४ लाख ५५ हजारसम्म मूल्य रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .