नेपाली सेना र अमेरिकी सेनाले दुई देशबीचको दोस्रो ल्यान्डफोर्स अन्तर्क्रिया गरेका छन्। उक्त कार्यक्रम यही कात्तिक ६ र ७ गते काठमाडौंस्थित जंगीअड्डा परिसरमा भएको नेपाली सेनाले जनाएको छ।
पहिलोपटक यो कार्यक्रम गत वर्ष जेठमा भएको थियो। कार्यक्रममा सेनाका रथी र अधिकृतसहित १९ जना र अमेरिकी सेनाको आर्मी प्यासिफिकका १६ जनाको टोली सहभागी भएका थिए। नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिवृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायीकरणमा सहयोग तथा नेपाली सेनाले सञ्चालन गर्दै आएको सैनिक कारबाहीका अनुभव आदानप्रदान गर्नु रहेको सेनाले जनाएको छ।

उक्त कार्यक्रममा सहभागी हुन अमेरिकी सेनाका मेजर जनरल डानियल एफ. म्याकडानियलको नेतृत्वमा यही कात्तिक ४ गते टोली नेपाल आएको थियो। प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा सहभागी हुन नेपालमा रहेका अमेरिकी मेजर जनरलले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए।

प्रतिक्रिया