बीबीसीका अनुसार बंगलादेशको अदालतले उनीहरु सबै १६ जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।
नुसरतमाथि विद्यालयका प्रधानाध्यापकले यौन हिंसा गरेका थिए। यौनहिंसाविरुद्धको उजुरी फिर्ता गर्न नमान्दा उनलाई ज्युँदै जलाइएको थियो।
गत ६ अप्रिलमा ढाकाबाट १ सय ६० किलोमिटर टाढा फेनी सहरस्थित एक मदरसाको छतमा १९ वर्षीया रफीलाई शरीरमा मट्टितेल खन्याएर जिउँदै जलाइएको थियो।
२७ मार्चमा नुसरतले प्रधानाध्यापकमाथि यौनहिंसाको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन्।
उनका अनुसार हेडमास्टरले कार्यालयमा बोलाएका थिए र खराब नियतले शरीरका विभिन्न अंगमा पटकपटक छोएका थिए।
यो पनिः (विस्तृतमा)
नुसरत जहानको दुखद् कथा: प्रधानाध्यापकद्वारा यौन दुर्व्यवहार, विद्यालयमै हत्या


प्रतिक्रिया