राजनीति


किमले भनेः ट्रम्पसँगको मेरो सम्बन्ध ‘विशेष’ छ

किमले भनेः ट्रम्पसँगको मेरो सम्बन्ध ‘विशेष’ छ

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ८:३६,

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध विशेष भएको बताएका छन्।

उत्तर कोरियाली संचारमाध्यम केसीएनएका अनुसार किमले ट्रम्पसँगको सम्बन्ध सुमधुर र विशेष किसिमको भएको बताएका हुन्।

केसीएनएका अनुसार किमले भने,‘ट्रम्पसँगको मेरो सम्बन्ध विशेष छ।’

किमका सल्लाहकार किम काइ ग्वानले पनि किम र ट्रम्पमा ‘विश्वासको भावना’ भएको बताएका छन्।

किम काइ ग्वान अमेरिका र उत्तर कोरियाबीच परमाणु वार्ता हुँदा उत्तरका तर्फबाट प्रतिनिधि थिए। उनले अमेरिका र उत्तर कोरियाबीच विवादको अवस्था नभएको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad