ad ad

समाज


बाली खान आएको जंगली हात्ती धपाउन गएका युवाको करेन्ट लागेर मृत्यु

बाली खान आएको जंगली हात्ती धपाउन गएका युवाको करेन्ट लागेर मृत्यु

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १०:१६, काठमाडौँ

खेतबारीमा आउने जंगली जनावरहरुलाई भगाउन थापिएको विद्युतीय धरापमा परेर मकवानपुरमा एक युवाको मृत्यु भएको छ।

मनहरी–६ का ३४ वर्षीय रामलाल तामाङको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  

मंगलबार राति खेतमा आएको जंगली हात्ती धपाउन जाँदा उनी करेन्टसहितको तारमा अल्झिँदा मृत्यु भएको हो। 

करेन्ट लागेर गम्भीर घाइते भएका रामलालको चितवनको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुरको मनहरी क्षेत्रका स्थानीयबासी, हात्ती, गैँडा, बाँदर, बँदेलसहितका जंगली जनावरले बालीनाली खाइदिँदा आजित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .