ad ad

ग्लोबल


अनेक आशंकाबीच बरादर देखिए भिडिओमा

अनेक आशंकाबीच बरादर देखिए भिडिओमा

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १०:१५, काठमाडौँ

अफगानिस्तानमा तालिबान सरकारका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरले एक भिडिओ जारी गर्दै आफू घाइते भएको भन्ने खबरको खण्डन गरेका छन्। 

सरकार गठनका बेला तालिबानको सहयोगी समूह हक्कानी नेटवर्कसँगको झडपमा तालिबानका सहसंस्थापक बरादर गम्भीर घाइते भएको भन्ने खबर आइरहेका बेला बरादरले भिडिओ जारी गरी त्यो कुरा गलत भएको बताएका हुन्।  

गत सेप्टेम्बर ७ मा तालिबानले अन्तरिम सरकार घोषणा गरेयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

यसैकारण उनी कहाँ बेपत्ता भए भन्ने विषयमा विभिन्न खालका समाचार आइरहेका छन्। यहीबीच बरादर भिडिओमा देखापरेका हुन्। 

जसमा उनले आन्तरिक विवाद भएको भन्ने खबर पनि झुटो भएको दाबी गरेका छन्। ​

बीबीसी​का अनुसार बरादरलाई भिडिओमा एक जना प्रश्नकर्ताले साेधेका छन्, ‘तपाईंलाई कुनै चोट लागेको छ?’

जवाफमा बरादरले भनेका छन्, ‘छैन, यो साँचो कुरा होइन, म ठीक छु, स्वस्थ छु।’

उनले अगाडि भनेका छन्, ‘म काबुल बाहिर थिएँ र यी झुटा खबर खण्डन गर्न मसँग इन्टरनेट थिएन।’

दोहास्थित तालिबानको राजनीतिक कार्यालयले ट्विटरमा यस्तो संवादको छोटो भिडिओ क्लिप जारी गरेको हाे।

जसमा बरादर एक सरकारी टेलिभिजन साक्षात्कारकर्ताको छेउमा सोफामा बसेका छन्। सोफामा बसेर उनी केही पढिरहेका देखिन्छन्।

यी पनि : ​

तालिबानका यी दुई शीर्ष नेता ‘बेपत्ता’, यस्ता आशंका!

सन् २०२१ का संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा बरादर पनि

सम्पन्न देशका सेनासँग २० वर्षसम्म युद्ध गर्न तालिबानले कहाँबाट पायो पैसा? यी हुन् चार प्रमुख आयस्रोत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .