समाज


बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १७:११, काठमाडौँ

खातामा रकम नभएको चेक दिएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौंका ३६ वर्षीय बिनम श्रेष्ठ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१घर भई हाल काठमाडौंकै बल्खु बस्ने वर्ष ४८ को प्रकाश श्रेष्ठ रहेका छन्।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकको चेक काटी दिई ठगी गरेका प्रहरीले जनाएको छ।

बैंकिङ कसुरमा दोषी ठहर बिनय श्रेष्ठलाई अदालतबाट सात दिन कैद र १७ लाख ६५ हजार रुपैयाँ जरिवाना र प्रकाश श्रेष्ठलाई पाँच दिन कैद र ११ लाख ५० हजार जरिवाना ठहर भएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले काठमाडौं र रुपन्देहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad