ad ad

समाज


बाघको आक्रमणबाट भारतीय नागरिकको मृत्यु

बाघको आक्रमणबाट भारतीय नागरिकको मृत्यु

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १४:३२, काठमाडौँ

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ।

बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको पूर्वपश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने जंगल क्षेत्रमा बाघले आज बिहान करिब ८ बजेतिर आक्रमण गर्दा ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुने भारतीय पुरुष नाम थर खुल्न नसकेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए। 

परीक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जमा शव लगिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .