ad ad

समाज


नवलपरासी दुर्घटना अपडेटः मृतक र घाइतेको परिचय खुल्यो

नवलपरासी दुर्घटना अपडेटः मृतक र घाइतेको परिचय खुल्यो

ट्रकसँग ठोक्किएपछिको बस। तस्बिर : डोलराज रानाभाटबाट


नेपालखबर
भदौ २९, २०७८ मंगलबार ११:१४, काठमाडौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा बस र ट्रक आज (मंगलबार) बिहान आपसमा ठोक्किँदा मृत्यु तथा घाइते भएकाको पहिचान खुलेको छ। 

गैँडाकोट–१० स्थित २३ स्मृति पुलनजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र–२–००१ नम्बरको बस र ना६ख ७१२६ नम्बरको ट्रक आज बिहान ४ बजेतिर आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका अनुसार दुर्घटनामा कञ्चनपुरका ४० वर्षीय किरङ्गी तिवारी, बर्दिया बाँसबारी–८ की ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर महेन्द्रनगर झरारीका ३५ वर्षीय कृष्ण रानाको मृत्यु भएको हो।  

यस्तै बर्दिया बाँसगढी –८ का ८२ वर्षीय डिल्लीराम सुवेदी, जुम्ला तिला गाउँपालिका –४ का ३३ वर्षीय टोपबहादुर शाही  र कञ्चनपुर बेलपुर–९ का ३२ वर्षीय चित्रदेव लेखक गम्भीर घाइते भएका छन्। 

अन्य घाइतेमा मोरङ विराटनगर–३, की २१ वर्षीया पूजा रेग्मी, सोही स्थानका २८ वर्षीय सरोज पोखरेल, झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, कैलालीकी १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर–१ का ४९ वर्षीय मोहन कोइराला छन्।

यसैगरी बसका चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार, जुम्ला तिला गाउँपालिका–४ का २६ वर्षीय चन्द्रनाथ योगी, झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ, रूपन्देहीका २८ वर्षीय सुरज अधिकारी पनि घाइते भएका छन्।

त्यस्तै नवलपुर हुप्सेकोट गाउँपालिका–३  का २६ वर्षीया सविना लिम्बु र २ वर्षीय जोशन सारु मगर, कञ्चनपुर झलारीकी २६ वर्षीया उर्मिला तिरुवा, ट्रकका चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, नवलपुरकी १८ वर्षीया गंगा ओली, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, सुर्खेत विरेन्द्रनगर–७, का ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव पनि दुर्घटनामा घाइते भएका छन्। 

प्रहरीका अनुसार सबै घाइतेको अहिले नयाँ मेडिकल कलेज (भरतपुर) मा उपचार भइरहेको छ। अन्य सामान्य घाइते भएका चार जना उपचारपछि फर्किएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .