समाज


डाका समूहले बम विस्फोट गराउँदा धनुषामा दुईजना घाइते

डाका समूहले बम विस्फोट गराउँदा धनुषामा दुईजना घाइते

नेपालखबर
भदौ २९, २०७८ मंगलबार ९:४६, काठमाडौँ

धनुषाको धनुषाधाम नगरपालिका ९ कुम्हराका मनोज यादवको घरमा सोमबार राति लुटेरा समूहले बम बिस्फोट गराएका छन्। 

बिस्फोटमा परि दुईजना घाइते भएका छन्। घटनामा संजिव यादवसहित दुईजना समान्य घाइते भएका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

नेपाली सेनाको टोली बिस्फोटको विषयमा अनुसन्धान गर्न घटनास्थल तर्फ प्रस्थान गरेको सुवेदीले बताए।

त्यसैगरी लुटेराहरुले स्थानीय सिटहु यादवको घरमा लुटपाटसमेत गरेका छन्। घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad