समाज


जीवनको सबैभन्दा कठिन निर्णय सम्बन्ध विच्छेद : नयाँ अध्ययन

जीवनको सबैभन्दा कठिन निर्णय सम्बन्ध विच्छेद : नयाँ अध्ययन

नेपालखबर
भदौ २९, २०७८ मंगलबार ९:४०, काठमाडौँ

‘जागिर वा करिअर बदल्नु विवाह गर्नुभन्दा पनि कठिन निर्णय हो। अनि योभन्दा पनि कठिन निर्णय हो– लामो समय वैवाहिक जीवन बिताएर सम्बन्ध विच्छेद अर्थात् डिभोर्स गर्नु’, एक नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको छ। 

अनुसन्धानकर्ता अभिभाको प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी सबैभन्दा धेरै (३१ प्रतिशत) मानिसले लामो समयको वैवाहिक सम्ब्न्ध अन्त्य गर्ने निर्णय जीवनकै सबैभन्दा कठिन बताएका हुन्। ​

सर्वेक्षेणमा सहभागी एकचौथाइ भन्दा धेरै (२७ प्रतिशत) व्यक्तिले भने एउटा करिअरबाट अर्को सुरु गर्नु जीवनको सबैभन्दा कठिन निर्णयमध्ये एक भएको बताएका छन्। त्यस्तै २५ प्रतिशत व्यक्तिले चाहिँ विवाहको निर्णय गर्न पनि उत्तिकै कठिन भएको बताए। 

यस्तै अध्ययनले ठूल्ठूला निर्णय गर्नुपर्दा ४९ प्रतिशत मानिसमा ‘एन्जाइटी र स्ट्रेस’ हुने गरेको पनि देखाएको छ। 

यस्तै अध्ययनले अल्छी गर्ने, कामलाई पछिका लागि पन्छाउने, समयमा निर्णय नगर्ने स्वभावका ११ प्रतिशतभन्दा बढी मानिसले जागिर, घरलगायत विभिन्न महत्त्वपूर्ण अवसर गुमाउने गरेको पनि देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad