समाज


मान्छेमाथि डाेजर चलाउने चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

मान्छेमाथि डाेजर चलाउने चालकविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ३:४८,

बैतडीमा डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

‘मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ”, उनले भने, ‘जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ।’

दशरथचन्द वडा नम्बर ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो।

झडपका बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो। डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएक छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ।

झडपका क्रममा ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका छन्। विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद थियो।

तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको प्रहरीले जनाएको छ।

सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad