जिम्बाबेको ह्वाङ नेसनल पार्कमा दुई महिनाको अवधिमा खडेरीका कारण हात्तीहरु मरेको बीबीसीले जनाएको छ।
‘खडेरिका कारण कृषि उत्पादनमा कमी आएपछि हात्तीहरुले खाना पाएका छैनन्। पानीको पनि अभाव छ। भोकमरी निम्तिएपछि हात्तीहरु मरेका हुन्।’ पार्कका प्रवक्ता तिनासी फरावेले भने।
हाल जिम्बाबेका आर्थिक संकट जारी छ। यसबीचमा खडेरीले जिम्बाबेका नागरिकहरु कृषि उत्पादनमा कमी भएकाले राम्रोसँग खाना खान पाइरहेका छैनन्।
मानिसहरुलाई नै खानाको अभाव भएपछि हात्तीलाई खाना प्रदान नगरिएको जनाइएको छ।
विश्व खाद्य कार्यक्रमको प्रतिवेदनका अनुसार जिम्बाबेका २० लाख मानिसहरु भोकमरीको संकटमा छन्।
पार्कको क्षमता १५ हजार हात्ती हटाउने छ। तर उक्त पार्कमा ५० हजार हात्तीहरु छन्। खान नपाएपछि हात्तीहरुले कृषकले लगाएको बाली नालिमा छिर्ने गरेको पनि जनाइएको छ।
प्रतिक्रिया