छापा खबर


फर्जी कागजात बनाएर लोकसेवा सदस्य (शैक्षिक प्रमाणपत्रसहित)

फर्जी कागजात बनाएर लोकसेवा सदस्य (शैक्षिक प्रमाणपत्रसहित)

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ३:९,

प्रदेश ५ को लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुलेको छ।

तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी देखिएपछि नियुक्त दुवै सदस्यको शपथग्रहण रोकिएको छ।

आयोग अध्यक्षमा सरकारले साउन पहिलो साता अर्घाखाँचीका डिलाराम भट्टराईलाई नियुक्त गरेको थियो । थप दुई सदस्यमा सिफारिस भएका गुल्मीका बाबुराम गौतम र रूपन्देहीकी पोखरेल प्रदेश प्रमुख उमाकान्त झाबाट बिहीबार नियुक्त भएका थिए। यो खबर आजको कान्तिपुरमा घनश्याम गौतमले लेखेका छन्।

पोखरेल प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलकी बुहारी हुन् । सिफारिस समितिमा उनी र सभामुख सदस्य छन् । नियुक्तिको खबर बाहिरिएपछि पोखरेलका विषयमा कागजपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

०५७ मा एसएलसी दिएर ०५८ साउन १ मा प्रमाणपत्र प्राप्त गरेकी पोखरेलले त्यही कार्यविधि पूरा गर्न ०५७ भदौदेखि नै स्थानीय एक निजी विद्यालयको निमावि तहमा नौ वर्ष अध्यापन गरेको सिफारिस बनाएर पेस गरेकी छन् । ०५७ देखि नै अध्यापन सुरु गरेको दाबी गरे पनि उनको नागरिकतासमेत ०५९ मंसिर २९ मा बनेको देखिन्छ ।

2110kaloksewabutwal1 22102019035529 1000x0 1

2110kaloksewsbutwal2 22102019035539 1000x0

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad