दार्चुलामा आइतबार राति पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
दुँहु गाउँपालिका–१ बासपालीमा पहिरोले पुरिएर स्थानीय नरसिंह महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ध्रुवबहादुर बिष्टले जानकारी दिए।
अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोमा पुरिएर महराकी श्रीमती कौशी महरा बेपत्ता भएकी छन्।
‘राती सुतेको बेला घरमाथि खसेको पहिरोले पुरिँदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। पहिरामा बेपत्ताको खोजी गरिरहेका छौँ,’ बिष्टले भने।
बेपत्ताको खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन्। पहिरोले विष्ट परिवारको घर क्षतिग्रस्त बनेको छ।
60
Shares

प्रतिक्रिया