ad ad

समाज


बलात्कार आरोप लागेका मन्त्रीलाई बर्खास्त गर्न मागसहित प्रदर्शन

बलात्कार आरोप लागेका मन्त्रीलाई बर्खास्त गर्न मागसहित प्रदर्शन

सबै फोटो : वीरेन्द्र वली


नेपालखबर
भदौ १३, २०७८ आइतबार १४:५६, काठमाडौँ

बलात्कार आरोप लागेका एकजना मन्त्रीलाई बर्खास्त गर्न मागसहित एमालेनिकट अनेरास्ववियु र युवा संघ नेपालले आइतवार कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्। 

बलात्कारको आरोप लागेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्ती मागसहित उनीहरुले उनीहरुले आइतबार दिउँसो जुलुस निकालेका हुन्।

उनीहरुले वीरेन्द्रनगरस्थित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यालय अगाडि चर्का नाराबाजीसहित प्रदर्शन गरे। बलात्कारी मन्त्री जोगाउन खोजेको भन्दै जुलुसमा सहभागीले मुख्यमन्त्री शाहीको राजीनामा पनि मागेका छन्। 

मन्त्री शाहीकै एक सहयोगीकी पत्नी रहेकी एक महिलाले २०७६ माघमा मन्त्रीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। 

घटनाको भिडियो पनि सार्वजनिक भएपछि सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए। समाचार आएपछि पीडित भनिएकी महिलाले मन्त्री शाहीमाथि लागेको आरोप निराधार भन्दै घटनाको ढाकछोप गरेकी थिइन्।

उता मन्त्री शाहीको सचिवालयले घटना हुँदै नभएको जिकिर गरेको छ। शाहीको सचिवालयले पीडित भनिएकी महिलाले आर्थिक प्रलोभनमा परेर मन्त्रीमाथि बलात्कार आरोप लगाएको जिकिर गरिरहेको छ।

घटना सार्वजनिक भएसँगै त्यहाँको प्रतिपक्षी नेकपा एमालेले शाहीले नैतिकताका आधारमा पद त्याग्नुपर्ने बताउँदै आएको छ। 

उता कर्णालीको सत्ताधारी कांग्रेसले पनि घटना छानविन हुनुपर्ने अडान लिएको छ। कर्णालीस्थित महिला अधिकारवादीसहितका संगठनले बलात्कार आरोप लागिसकेपछि मन्त्री शाहीले नैतिकताका आधार राजीनामा दिएर छानबिनका सघाउनुपर्ने बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .