समाज


२३ राष्ट्रका प्रतिस्पर्धीलाई उछिन्दै रुसमा नेपाली वैज्ञानिकले जिते स्वर्णपदक

२३ राष्ट्रका प्रतिस्पर्धीलाई उछिन्दै रुसमा नेपाली वैज्ञानिकले जिते स्वर्णपदक

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १६:२६,

रुसमा सम्पन्न आठौं एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्डसहित तीन पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् ।

नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विद्यार्थीमध्ये साउथ वेस्टर्न स्टेट कलेज वसुन्धाराका विद्यार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका छन् । प्रधानले २३ मुलुकका प्रतिस्पर्धीलाई जित्दै स्वर्णपदक जितेका हुन् । प्रधानले युज अफ माइक्रो स्याटेलाइट फर ग्लोबल कनेक्टिभिटी, हाईस्पिड ट्रान्समिसन एण्ड डाटा एनालाइसिस विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

अस्मिता स्कुलकी दिक्षा सञ्जेल र काठमाडौं मोडेल कलेजका ऋषि कुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । रुसमा यही अक्टोबर १४ देखि १९ सम्म आठौं एसिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्स्टिच्युट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका नौ नेपाली विद्यार्थीले प्रस्तुति दिएका थिए ।

गत महिना नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो ।

सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए । सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad