हिमाली क्षेत्रमा पाइने वनस्पतिका केही प्रजाति वर्सेनी माथिल्लो भूभागतर्फ उक्लिरहेको अध्ययनले देखाएको छ।
चिसोले वनस्पति नै नहुने क्षेत्रमा पनि क्रमिक यसरी उक्लनेमा भोजपत्र र गोब्रेसल्ला लगायतका बनस्पति छन्। यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्ला मियाँले लेखेका छन्।
विश्वमा हासम्म भएको १ सय ६६ वटा अध्ययनले पनि वृक्षरेखा माथि सर्दै गएका वनस्पतिको प्रतिशत ५२ देखाएको छ। ४७ प्रतिशतको वृक्षरेखा फेरवदल भएको छैन।
कतिपय वनस्पतिको वृक्षरेखा उस्तै नै छ। हिमाली क्षेत्रका केही बनस्पतिको हरेक वर्ष २.६ मिटरका दरले वृक्षरेखा माथि सर्दै गएको अनुसन्धानको निष्कर्ष छ।
तापक्रम बढेर हिमाल, हिमताल र हिमनदी पग्लिने क्रम बढिरहेको बेला वनस्पतिका केही प्रजाति उपयुक्त चिसो खोज्दै मास्तिर उक्लिरहेका हुन्।
3
Shares

प्रतिक्रिया