समाज


किशोरीलाई मन्त्री थापाको आग्रहः भोलिको नेतृत्वका लागि तयार हुनुस्

किशोरीलाई मन्त्री थापाको आग्रहः भोलिको नेतृत्वका लागि तयार हुनुस्

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १२:२८,

महिला, बालबालिका,तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गरेकी छन्।

सोमबार लैगिक हिंसा विरुद्धको अभियान वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री थापाले विगतमा राजनिति गर्ने महिलाहरुले गरेको मेहनत र बगाएको पसिनाका कारण आज सबै क्षेत्रमा महिलाको सहभागीता सम्भव भएको बताइन्।

उनले त्यसैगरी किशोरीहरुले आजका दिनमा समस्यामा परेका व्यक्तीहरुलाई सहयोग गर्ने र सामाजिक समस्या निराकरणका लागि भुमिका निर्वाह गरेर भोलीको नेतृत्वका लागि तयार हुन प्रोत्साहित गरिन्। मन्त्री थापाले भनिन्, ‘ठाउँठाउँमा गएर बोल्नुहुन्छ, समाजका कुराहरु बुझ्नुहुन्छ त्यसले तपाइलाई समाजमा स्थापित हुन सहज हुन्छ।’ गाउँस्तरका लैगिक समस्या समाधानका लागि किशोरीहरुको भुमिका महत्वपूर्ण हुने भएकाले त्यसमा सघाउन अनुरोध गरिन्। ‘स्थानीय सरकारले तपाइहरुका कुरा सुन्छ,सन्नुपर्छ, तपाइहरुले स्थानीय सरकारलाई आफ्ना कुराहरु राख्नुस,काम गर्न सक्ने बनाउनुस्।’

किशोरी सञ्जालकी अध्यक्ष १७ वर्षकी मेनुका थापाले छोरीहरुले अहिले पनि घरबाट बाहिर निस्केर काम गर्न सक्ने वातावरण नभएको बताइन्। उनले सामाजिक कामका लागि घरबाहिर निस्कने कोशिस गरेपनि सामाजिक वातावरण सहज नहुदाँ समस्या रहेको बताइन्।

बर्दिया जिल्लाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई भेटेर आफ्ना सुझावहरु सुनाउन आउनुभएकी १६ बर्षिय दिक्षा गिरीले शिक्षित व्यक्तीहरुबाटै लैगिक विभेद भोग्नुपरेको बताइन्। उनले घरमै पनि महिनावारी भएको बेलामा बुवाआमाले खाना पकाउन जाउँ भनेर भनेपनि पुजा गर्न जाउँ भनेर चाँही नभनेकोमा गुनासो गरिन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाउन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad