विश्वका सबैभन्दा धनीमध्ये एक एलन मस्कले तालिबानसँग सम्बन्धित एक ट्विट गरेका छन्, जुन सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनिरहेको छ।
अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले तालिबान लडाकुको एक तस्बिर राख्दै उनीहरू मास्क नलगाएको भनेर लेखेका हुन्।
यो तस्बिरमा केही तालिबानी नेता र उनका सहयोगी छन्। तर त्यसमा एक जनाले पनि मास्क लगाएको देखिँदैन।
यस तस्बिरका साथ एलन मस्कले लेखेका छन्, ‘एउटा पनि मास्क छैन, हे जिसस ख्रिस्ट!’
उनले अगाडि लेखेका छन्, ‘यिनलाई डेल्टा भेरिएन्टबारे जानकारी त छ?’
मानिसले के भनिरहेका छन्?
मस्कको त्यस्तो ट्विटमा विभिन्न खाले प्रतिक्रिया प्रकट गरिएका छन्। केहीले मस्कको समर्थन गर्दै गम्भीर टिप्पणी गरेका छन् भने केहीले गरेका छन् भने भने केहीले मस्क एक वैज्ञानिक भएकाले राम्रो आचरण देखाउन सुझाव दिएका छन्।
एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘उनीहरूलाई विकासबारे पनि थाहा छैन।’
‘द गिटार ब्वाय’ नामका व्यक्तिले लेखेका छन्, ‘हो, किनकि यतिबेला अफगानिस्तानका लागि सबैभन्दा चिन्ताको विषय नै यही हो एलन मस्क, तिमी रकेट बनाऊ भाइ।’
अर्का एक ट्विटर प्रयोगकर्ता साई चेतन मुप्पलाले लेखेका छन्, ‘उनीहरूलाई यसको आवश्यकता छैन, किनकि उनीहरू अपरिचित व्यक्तिलाई आफ्नो नजिक आउन पनि दिँदैनन्।’
तालिबानको तस्बिरसहित एलन मस्कले गरेको ट्विट–
— Elon Musk (@elonmusk) August 20, 2021
Shares
प्रतिक्रिया