अफगानिस्तानको राजधानी काबुलबाट उद्धार गरी भारतीय नागरिक लिएर उडेको भारतीय सेनाको विमान आइतबार बिहान दिल्ली आइपुगेको छ।
सी–१७ विमानमार्फत दिल्ली आइपुगेका १६८ जनामध्ये १०७ जना भारतीय र अन्य अफगान, सिख, हिन्दु र मुस्लिम नागरिक पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यस विमानमा यात्रारत एक आमाका साथ रहेको दूधे बच्चाको एउटा भावुक तस्बिरले धेरैको ध्यान तानेको छ।

यसअघि शनिबार राति अबेर एयर इडियाको विमानले काबुलबाट ८७ जना भारतीय नागरिक दिल्ली ल्याएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार दुसान्बे हुँदै आएको त्यस विमान दुई जना नेपाली पनि रहेको बताएका छन्।

531
Shares

प्रतिक्रिया