ad ad

समाज


काठमाडौंमा दशैँको समयमा सवारी दुर्घटना हुँदा १० को मृत्यु, ३ सय १८ घाइते

काठमाडौंमा दशैँको समयमा सवारी दुर्घटना हुँदा १० को मृत्यु, ३ सय १८ घाइते

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ८:२५,

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन्।

यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन्। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए।

गत वर्षको दशैँको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए।

महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ। गत वर्षको दशैँमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .