युवालाई दाम्लोले बाँधेर कुट्ने जाजरकोटका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरेर प्रहरीले सदरमुकाम लगेको छ। पीडित सर्ते नेपाली भन्ने नवीन परियारलाई पनि झिकाइएको जाजरकोट प्रहरीले जनाएको छ।
वडाध्यक्षले कुटपिट गरेको भिडिओ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसैको आधारमा प्रहरीले पक्राउ गरेको हो।
सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले १५ गते ती युवालाई कुटपिट गरेका थिए।
कुटपिटपछि उनले प्रहरीको रोहबरमा आमाको जिम्मा लगाएको कागजात समेत गराएका थिए।
वडाध्यक्ष नेपालीले ती युवाले जाँडरक्सी खाएर वडा कार्यालयमा आएर ढुंगा प्रहार गरी केही मान्छेलाई घाइते बनाएको र अपशब्द बोलेकाले आफूले ढुंगा खोसेर फालेको दाबी गरेका थिए। तर भिडिओमा उनले निर्घात कुटपिट गरेको देखिन्छ।
घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो।
याे पनि-
हल्ला गरेको भन्दै जाजरकोटमा वडाध्यक्षले बाँधेर निर्घात कुटे एक युवालाई
प्रतिक्रिया