ad ad

समाज


काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा आज सकिँदै, अब थपिँदैन कि?

काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा आज सकिँदै, अब थपिँदैन कि?

नेपालखबर
साउन १०, २०७८ आइतबार ८:१५,

काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आज (साउन १०) गते मध्यरातिबाट सकिँदै छ। 

अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन? आम जिज्ञासा छ। 

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अहिलेसम्म यस विषयमा कुनै छलफल हुन नपाएको बताएका छन्। 

‘अहिलेसम्म केही छलफल भएकै छैन, मन्त्री पनि नयाँ आउनुभएको छ, हामी सीडीओबीच पनि कुनै छलफल हुन पाएको छैन,’ आइतबार बिहान नेपालखबरसँग उनले भने, ‘अब आज छलफल होला।’

यसबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्र लामो दूरीका सवारीसाधन आवतजावत पनि खुला गरिसकेको छ। 

अब निषेधाज्ञा नथप्ने हो कि?

नेपालखबरको जिज्ञासामा ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘थपिन्छ नै होला।’

अहिलेसम्म यसबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने समयसमेत तय भइनसकेको उनले बताए। आज राति १२ बजेबाट निषेधाज्ञा अवधि सकिने भएकाले आज छलफल गरिने उनको अनुमान छ। 

यसअघि निषेधाज्ञाको अवधि सकिनु एक दिनअगावै थप गर्ने विषयमा निर्णय गर्ने गरिएको थियो।  

कोरोना नियन्त्रणका लागि भनेर गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै थप्दै आज साउन १० गतेसम्म पुर्याइएको हो। निषेधाज्ञा थप्ने क्रममा क्रमशः खुुकुलो पनि बनाउँदै लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .