समाज


काठेपुल भत्किएर ट्रक दुर्घटना हुँदा दुई मजदुरको मृत्यु, चार घाइते

काठेपुल भत्किएर ट्रक दुर्घटना हुँदा दुई मजदुरको मृत्यु, चार घाइते

नेपालखबर
काठमाडौँ, साउन ३

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबाहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा दुर्घटना भएको थियो। 

ट्रकमा सात जना सवार रहेका बताइएको छ। मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गङ्गा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्रेष्ठ रहेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जीतबहादुर केसीले जानकारी दिए। 

नवलपरासी जिल्ला विनय त्रिवेणी गाउँपालिका–३ बस्ने ट्रक चालक ३६ वर्षीय शिवराम ठाडा मगर सामान्य अवस्थामा रहेको उनले बताए। चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 
घाइते हुनेमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– २ बस्ने २२ वर्षीय सुशील घर्तीमगर, २५ वर्षीय लुद्रबहादुर कामी रहेका छन्। उनीहरू मजदूरीका लागि मुस्ताङ पुगेका थिए।

त्यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–४ का १८ वर्षीय सहचालक दिनेश दर्जी र ओखलढुङ्गा जिल्ला सिन्चीदोम्बा गाउँपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दावा शेर्पा  छन्। उनीहरुको जोमसोम जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ।

घाइतेको अवस्था सामान्य रहेको ट्राफिक कार्यालयले जनाएको छ। ट्रकमा १०० बोरा सिमेन्ट, चार थान प्लाइउड र ५० वटा फलामको ट्रस पाइप रहेको सहचालक दर्जीले जानकारी दिए। जीर्ण भएको काठको कच्ची पुलले ट्रकको भार थाम्न नसक्दा उक्त दुर्घटना भएको जनाइएको छ।

ट्रयाक्टर पल्टिँदा चालककाे ​मृत्यु
यता, चितवनमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना४त ३१५२ नंको ट्रयाक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

साउन ३, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .