समाज


बीआरआई अन्तर्गत पाकिस्तानमा खटेका चिनियाँ इन्जिनियर लक्षित आक्रमणमा आठ जनाको मृत्यु

बीआरआई अन्तर्गत पाकिस्तानमा खटेका चिनियाँ इन्जिनियर लक्षित आक्रमणमा आठ जनाको मृत्यु

(फाइल तस्बिर)


नेपालखबर
असार ३०, २०७८ बुधबार १२:५१,

पाकिस्तानमा बुधबार बिहानै एउटा बसमा बिस्फोटन हुँदा ६ चिनियाँ नागरिकसहित आठ व्यक्तिको मृत्यु भएको छ।

बसभित्र बिस्फोट हुँदा चिनियाँ नागरिकसहित एक पाकिस्तानी सेना र एक सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ।

रोयटर्सका अनुसार यो घटनाको पछाडि को संलग्न थिए भनेर पत्ता लाग्न सकेको छैन। 

पाकिस्तानी अधिकारीहरुका अनुसार चीनको बेल्ट एन्ड रोड अवधारणा अनुसार दासु जलविद्युत परियोजनामा खटेका चिनियाँ इन्जिनियर लक्षित यो आक्रमण भएको हो।

सो बसमा ३० चिनियाँ इन्जिनियर र केही पाकिस्तानी सेना सवार थिए। उनीहरु अप्पर कोहिस्तानको दासु ड्याम जाँदै थिए।

दासु लजविद्युुत आयोजना चीन र पाकिस्तानको आर्थिक कोरिडोर सीपेक अन्तर्गत निर्माण भइरहेको छ। चीनको बीआरआई परियोजनाबाट यसका लागि ६५ अर्ब अमेरिकी डलर लगानी भएको छ।

पश्चिमा राष्ट्रले भने चीनको बीआरआईलाई ऋणको पासोको रुपमा व्यख्या गरेका छन्। तर चीनले बीआरआई चीनको पासो भए यसमा ५० भन्दा बढी राष्ट्र आवद्ध नुहने बताउँदै आएको छ।

चिनियाँ इन्जिनियर लक्षित आक्रमण भएपछि यो घटनालाई गम्भीरताका साथ लिइएको छ। यो घटनामा संलग्न समूहको खोजी भइरहेको छ। 

यो पनिः बीआरआईः चीनको बिजुलीले पाकिस्तानको लाहोर हुनेछ झिलिमिली

–के पश्चिमा मुलुकले चीनको बीआरआईलाई टक्कर दिन सक्छन्रु

चीनको बीआरआईलाई काउन्टर दिन अमेरिकाले प्रस्तुत गर्‍यो बी३डब्ल्यू योजना


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .