नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट खेल्ने फुटबल टाेलीका लागि प्रारम्भिक रूपमा ३६ खेलाडीको नाम घोषणा गरेका छन्।
साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका ५० सदस्यीय टोलीबाट मुख्य प्रशिक्षक अलमुताइरीले १४ खेलाडीलाई बाहिर राख्दै बुधबार ३६ खेलाडी छनोट गरेका हुन्।
प्रारम्भिक छनोटमा परेका विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरप बुढाथोकी, मिक्च्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई पहिलो चरणबाट नै बाहिरिए।
प्रारम्भिक टोलीमा नपरेपनि प्रशिक्षणमा सहभागी मिडफिल्डर विक्रम लामा भने टोलीसँगै प्रशिक्षणमा छन्। कतारमा उपचार पश्चात नेपाल फर्किएका विक्रम टोलीसँगै प्रशिक्षण गरिरहेका छन्। उनी पुर्ण रुपमा फिट भएमा टोलीमा सहभागी हुन सक्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी ३६ सदस्यीय टोली
किरण कुमार लिम्बु, दिप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, अर्पण कार्की, आशिष लामा, अविशेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डांगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजिव लोप्चन, रनदिन पौडेल, रञ्जित धिमाल, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ
Shares

प्रतिक्रिया