राजनीति


बीआरआईः चीनको बिजुलीले पाकिस्तानको लाहोर हुनेछ झिलिमिली

बीआरआईः चीनको बिजुलीले पाकिस्तानको लाहोर हुनेछ झिलिमिली

नेपालखबर
असार १५, २०७८ मंगलबार ८:३१,

स्टेट ग्रिड कर्पोरेसन अफ चाइना एसजीसीसीले निर्माण गरेको यस प्रसारण लाइनबाट विजुली उत्पादन सुरु भइसकेको छ।

चिनियाँ सहयोगमा बनेको पाकिस्तानको यो पहिलो ‘डाइरेक्ट करेन्ट’ प्रसारण लाइन हो जसले लाहोर र उत्तरी पाकिस्तानको १ करोड घरमा उज्यालो दिनेछ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनका अनुसार पाकिस्तानको यस प्रसारण लाइन चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स बीआरआईको महत्वपूर्ण पाइलट प्रोजेक्ट हो।

उनी भन्छन्,‘सीपीईसीले उर्जासहित कयौं क्षेत्रमा सुरुवातदेखि महत्वपूर्ण प्रगति गरिरहेको छ। यसले केबल पाकिस्तानको आर्थिक र सामाजिक विकास मात्र गर्दैन, क्षेत्रीय सम्पर्क बढाउनमा पनि सकारात्मक भूमिका निभाउनेछ।’

बीआरआई अवधारणाअनुसार चीनले कयौं देशमा रेल, सडक, बिजुली, बन्दरगाह लगायतका पूर्वाधार सुधारको लागि आर्थिक मद्दत गर्ने गरेको छ।

सोही मद्दतका कारण यतिबेला पाकिस्तालने पनि लाभ लिएको चीनको भनाइ छ। यसै अवधारणका कारण चीनले आफ्नो प्रभाव विश्वका कयौ देशमा बढाउन सफल भएको छ।

अमेरिकाले भने हालै बीआरआईलाई चुनौती दिन बी३डब्लू योजना अगाडि सारकेको छ। अमेरिका लगायत पश्चिमा मुलुकले बीआरआईलाई ‘ऋणको चंगुल’को रुपमा व्याख्या गर्ने गर्छन्।

तर चीनका विदेशमन्त्री वाङ यी हालै मात्र बीआरआई परियोजनाको बचाउ गरेका छन्। पश्चिमा राष्ट्रले बीआरआईलाई ‘ऋणको पासो’ भनेर कुप्रचार गरेको यीको भनाइ छ।

उनका अनुसार यदी बीआरआई ऋणको पासो हुन्थ्यो भने विश्वका १४० राष्ट्र यस योजनामा आवद्ध हुँदैन थिए।

यीका अनुसार गतवर्ष मात्र चीन र बीआरआईमा आवद्ध राष्ट्रहरुबीच १३ खर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार भयो।

उनका अनुसार हालसम्म बीआरआईको व्यापारको आकार ९२ खर्ब अमेरिकी डलरमा पुगेको छ। यस्तै हालसम्म विभिन्न देशमा चिनियाँ कम्पनीले १ खर्ब ३० अर्बको प्रत्यक्ष लगानी गरिसकेको छ।

‘केही व्यक्तिहरू विश्वास गर्छन् कि बीआरआई चीनको भूराजनीतिक हतियार हो जसले राजनीतिक चासोहरू खोज्दछ, तर यो पूर्णतया गलत छ’ उनी भन्छन्,‘बीआरआईमा आवद्ध कुनै राष्ट्रले ऋणको पासोको दाबी स्वीकार गर्दैनन्।’ बीबीसी र एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad