समाज


वैवाहिक वर्षगाँठको अवसरमा वाग्ले पत्नीले प्रदान गरिन् सहाराविहीनलाई खाद्यान्न

वैवाहिक वर्षगाँठको अवसरमा वाग्ले पत्नीले प्रदान गरिन् सहाराविहीनलाई खाद्यान्न

नेपालखबर
असार २८, २०७८ सोमबार २०:६, सर्लाही

नेकपा (माओवादी) केन्द्रका नेता स्वर्गीय डाचाराज वाग्लेको सम्झनामा उनको परिवारले आज सर्लाहीको हरिवनमा रहेको मानवसेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ। 

वाग्लेकी पत्नी सरस्वती मिश्र (वाग्ले) र उनका छोराले सोमबार आश्रममै पुगेर चामल, दाल, तेल, आलु, प्याज, चिनी, चिउरा, मुरीसहितका दैनिक उपभोग्य बस्तु सहयोग गरेका हुन्।

२७ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर स्वर्गीय वाग्लेको सम्झनामा आफूले आश्रममा बस्दै आएका सहाराविहीन नागरिकलाई खाद्यान्नसहित दैनिक उपभोग्य बस्तु सहयोग गरेको मिश्रले बताइन्। 

हरिवन ९ नयाँरोडमा रहेको आश्रममा ६१ जना सहाराविहीन, अभिभावकविहीन, असहाय मानिस बस्दै आएका संस्थाका अभिभावक सुकदेव कार्कीले जानकारी दिए। 

तत्कालिन नेकपाका सर्लाही जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य वाग्लेको गएको माघ २१ गते सर्लाहीको बरहथवामा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .