समाज


नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा रेल सम्झौता संशोधनको स्वागत

नेपाल-भारत उद्योग वाणिज्य संघद्वारा रेल सम्झौता संशोधनको स्वागत

नेपालखबर
असार २८, २०७८ सोमबार ९:११,

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारतबीच भएको रेल सम्झौता संशोधनको स्वागत गरेको छ। संशोधनमा राखिएको नयाँ प्रावधानले नेपाल–भारत व्यापारलाई समयानुकुल र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने संघले जनाएको छ।
 
संशोधित सम्झौताले क्षेत्रीय व्यापार सम्झौताहरु साफ्टा, बिमस्टेक र विश्व व्यापार परिवेश अनुकुल बनाउन सहयोगी हुने संघले जनाएको छ। 

संघका उपाध्यक्ष सुनिल केसी र महासचिव आरबी रौनियारले संयुक्त रुपमा जारी गरेर सम्झौता संशोधनको स्वागत गरेका हुन्।  ‘नेपालले अन्य सरकारी तथा नीजि भारतीय रेल सेवा तथा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका तथा रहने रेल तथा वागनले वीरगन्ज र बिराटनगरदेखि कोलकाता र हल्दियासम्म रेल सेवा दिन सक्ने गरी रेल सेवा सम्झौता संशोधन हुनु अत्यन्त सकारात्मक छ,’ विज्ञप्तिमा भनिएको छ। 

यसअघिको सम्झौतामा नेपाल भारत तथा नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापार भारतीय कन्टेनर निगमको एकाधिकार रहेको थियो। संशोधनले ढुवानी सेवा प्रतिस्पर्धात्मक मूल्यमा व्यवसायीहरुले प्राप्त गर्न सक्ने विश्वास संघले लिएको छ। 

संशोधनमा निजी क्षेत्रको लोकोमोटिभबाटसमेत नेपालमा ढुवानी गर्न सक्ने व्यवस्था गरिएको छ। असार २५ गते नेपाल र भारतबीच रेल सम्झौता संशोधनका विषयमा सहमति भएको थियो। 

‘हाल बीरगन्जसम्म रेल सेवा उपलब्ध भएकोमा बिराटनगर, भैरहवा र इनरुामा रेल सम्बद्ध पूर्वाधार तयार भए पश्चात रेल सेवा उपलब्ध हुने गरी र नेपाल–भारत सीमानाका अन्य पारवहन बिन्दू तथा द्विपक्षीय ब्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा बिस्तार हुँदै जाने सहमति जुन यस संशोधन मार्फत ब्यबस्था गरिएको छ, त्यो पनि अत्यन्त सकारात्मक रहेको यस संघको ठहर छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतसँग भएको रेल सम्झौता कार्यान्वयनका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, रेल विभाग, नेपाल ईन्टरमोडल यातायात विकास समिति, नेपाल गोदाम तथा पारवहन व्यवस्था कम्पनी लिमिटेड, भंसार विभाग तथा भुक्तानी व्यवस्था सहजताको लागि नेपाल राष्ट्र बैंकको सक्रियता आवश्यक रहेको संघले जनाएको छ।

यो पनि

नेपालको १२ वर्षदेखिको मागमा भारत सहमत, रेलसेवा सम्झौतामा भयो संशोधन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad