समाज


जातीय विभेद प्रकरण : रूपा सुनारविरुद्ध नै प्रहरीमा उजुरी

जातीय विभेद प्रकरण : रूपा सुनारविरुद्ध नै प्रहरीमा उजुरी

नेपालखबर
असार २८, २०७८ सोमबार ९:९,

आफ्नो घरमा डेरा खोज्न आउने क्रममा जातीय विभेद गरेको अभियोग लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानले उल्टै ‘पीडित’ रूपा सुनारविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी छन्।

घरधनी प्रधानले सुनारविरूद्ध ‘आफ्नो बेइज्जति गरेको, अफवाह फैलाएको’लगायत आरोपमा प्रधानले आइतबार दिउँसो महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा जाहेरी दिएकी हुन्। 

यसैबीच जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल वाग्मती उपत्यका सम्पर्क समितिले यो घटनाले राज्यप्रति नै शंका उब्जिएको भन्दै विज्ञप्ति जारी गरेको छ।  

समितिका संयोजक महावीर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ : राज्यको भूमिकाले घटनामा पीडित रूपा सुनारले न्याय पाउने सम्भावना कम हुनुका साथै उल्टै पीडितलाई नै फसाउने प्रपञ्च रचिएको आकलन सहजै गर्न सकिन्छ। यसप्रति हाम्रो संगठन राज्यको यस किमिसको गतिविधिप्रति भर्त्सना गर्दछ।

साथै मोर्चाको वाग्मती उपत्यका सम्पर्क समितिले यस मुद्दामा सहयोग पुर्याउन न्याय क्षेत्रमा क्रियाशील सबै पक्षलाई अनृुरोध पनि गरेको छ। 

हेर्नुहोस्, विज्ञप्तिः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad