समाज


बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साहलाई चार दिन थुनामा राख्न आदेश

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साहलाई चार दिन थुनामा राख्न आदेश

नेपालखबर
असोज २९, २०७६ बुधबार ७:११,

जिल्ला अदालत धनुषाले बुद्ध एयरको काउन्टर तोडफोड गर्ने प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरी अदालतसँग अनुसन्धानका लागि १० माग गरे पनि अदालतले ४ दिन मात्र दिएको हो।

बुधबार अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद दिएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले बताए।

साहले सोमबार काठमाडौं आउने क्रममा जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए।

साहलाई मंगलबार महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले ओखलढुंगा जाने क्रममा त्रिभुवन विमास्थलबाट मंगलबार पक्राउ गरेको हो।

म्याद थपपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै साहाले आफूलाई अदालतको फैसला मान्य हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad