सर्लाहीको ईश्वरपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ईश्वरपुर नगरपालिका ४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्याङ्बोको हत्या भएको हो। बुधबार चक्कु प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ।
स्याङ्बोको हत्या गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
हत्याको कारण भने खुलेको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
15
Shares
प्रतिक्रिया