ad ad

समाज


अपडेटः रुसी विमान समुद्रमा खस्यो, २८ व्यक्तिको अवस्था अज्ञात

अपडेटः रुसी विमान समुद्रमा खस्यो, २८ व्यक्तिको अवस्था अज्ञात

(फाइल तस्बिर)


नेपालखबर
असार २२, २०७८ मंगलबार १२:४८,

२८ व्यक्ति सवार एउटा रुसी विमान मंगलबार बेपत्ता भएको छ।

रुसी समाचार संस्था टासका अनुसार कामचत्का पेनिनसुला क्षेत्रमा अवतरणका क्रममा सम्पर्कविहीन भएको एएन–२६ विमान समुद्रमा खसेको जानकारी प्राप्त भएको छ।

अवतरणका क्रममा सो विमान राडारको सम्पर्कबाट बाहिर गएपछि विमान दुर्घटनामा परेको आशंका गरिएको थियो। 

सो विमानमा २२ यात्रु र ६ चालकदलका सदस्य थिए। रुसी आपतकालिन मन्त्रालयका अनुसार हाल सो विमानको खोजी गर्न सो क्षेत्रमा सरकारी अधिकारीले विशेष टोली खटाएको छ। 

आइतबार मात्र फिलिपिन्समा एउटा सैन्य विमान दुर्घटनामा पर्दा ५० जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .